‘आक्रमण गर्ने मुख्य नाइकेलाई पक्राउ गरेको जानकारी चम्पावतका प्रहरी अधिकारीले हामीलाई दिएका छन्, अब उनको कारबाही प्रक्रिया उतै हुन्छ,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले सेतोपाटीसँग भने।
काठमाडौं । कञ्चनपुरमा सोमबार (हिजो) साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय नागरिक पक्राउ परेका छन् । उनलाई नेपाली प्रशासनको समन्वयमा भारतीय प्रहरीले पक्राउ गरेको हो ।
हिजो साँझ नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका–८, कञ्जभोजमा अर्जुनकुमारलगायत समूहले सशस्त्रमाथि ढुंगामुढा गरेका थिए । आक्रमणबाट सशस्त्र प्रहरीका एकजना घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका...