गण्डकी प्रदेश पूर्ण साक्षर घोषणा

गण्डकी प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशलाई आइतवार आयोजित समारोहमा पूर्ण साक्षर भएको घोषणा गरे । त्यसअघि उनले पोखरा नयाँबजारस्थित प्रदेश संग्रहालयमा निर्मित साक्षर प्रदेशको स्तम्भ अनावरण गरेका थिए ।  नेपाली कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले नेपालको संविधानले शिक्षालाई मौलिक अधिकारको रुपमा लिएको बताउँदै साक्षरता र समृद्धिको सोझो सम्बन्ध रहेको उल्लेख गरे । उनले भने, ‘समृद्धिको आधार नै साक्षरता हो । जनतालाई साक्षरता बनाउन सरकारको दायित्व र जिम्म...