भारतमा ओमिक्रोनको प्रवेश २ डिसेम्बरमा भएको थियो । करिब १ महिनामा संक्रमणको दरमा लगभग ३ गुणाले वृद्धि भएर १७०० भन्दा पनि बढी भएको छ ।ओमिक्रोनलाई लिएर चिन्ताको कुरो यो छ कि यो तीव्र दरमा फैलिरहेको छ । तर यसको गम्भीर लक्षण भने कम छ । तर गम्भीर लक्षण कम भएपनि बिरामीको ठूलो संख्या हाम्रा लागि खतराको घन्टीको रुपमा रहेको छ । अनुमानका अनुसार तेस्रो लहरको उचाईमा ४०–६० हजार बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने हुनसक्छ । यसकारण भारतको स्वास्थ्य पूर्वाधारका लागि नयाँ चुनौती उत्पन्न गर्न