राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक सुरु

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदेशस्तरीय विस्तारित बैठक आजबाट सुरु हुँदैछ। पार्टीको एकता महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशाबारे छलफल गर्नको लागि आजबाट बैठक सुरु भएको हो। प्रदेशस्तरीय विस्तारित बैठक आज लुम्बिनी प्रदेश अन्तर्गतको दाङमा हुने नेता मोहन श्रेष्ठले बताए। उनले भने, ‘आज दाङमा लुम्बिनी प्रदेशको बैठक बस्छ। पुस १२ गते गण्डकी प्रदेशअन्तर्गत नवलपुरमा बैठक बस्ने तय भएको छ। अन्य प्रदेशमा पनि छिट्टै मिति र स्थान तय गरेर  पुस महिनाभित्र सक्ने

सम्बन्धित सामग्री

रास्वपाको प्रदेशस्तरीय विस्तारित बैठक सर्लाहीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशको विस्तारित बैठक सुरू भएको छ। सर्लाहीको लालबन्दीमा सुरु बैठक बसिरहेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए। बैठकमा सहभागी हुन सभापति रवि लामिछाने, उपसभापति डा। स्वर्णिम वाग्ले, काव प्रवक्ता झालगायत सर्लाही पुगेका छन्। बैठकमा प्रदेश समिति र विभाग तथा जिल्ला समितिका पदाधिकारी सहभागी छन्। बैठक सुरु हुनुअघि लालबन्दीमा सभापति […]