सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र खप्तडको घोडादाउन पाटनमा खप्तड क्षेत्रकै नमुना मन्दिर निर्माण कार्य सुरु भएको छ । खप्तड छान्ना गाउँपालिकाले खप्तड प्रवेश गर्ने पहिलो पाटन (घाँसे मैदान) मा भवानी माईको प्यागोडा शैलीको नमुना मन्दिर निर्माण गर्न लागेको हो ।