संविधानविद् डा. भीमार्जुन आचार्यले राष्ट्रपतिबाट नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण नहुनुका केही सम्भावित कारण औँल्याएका छन् । रातोपाटीसँग कुरा गर्दै उनले नागरिकतासम्बन्धी विधेयक असोज २ देखि निष्क्रिय भएका कारण राष्ट्रपतिबाट प्रमाणीकरण नभएको हुन सक्ने बताए ।कानुन निर्माणका लागि दुई वटा तह पार गर्नुपर्ने तर्क गर्दैै उनले भने, ‘कानुन बनाउन संसद्मा प्रस्ताव पेस भएदेखि लिएर त्यसमाथि हुने छलफल र त्यसलाई संसद्बाट पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउँदासम्मको अवस्था