पुजारी हत्याका आरोपी मोहम्मद कासिमसहित २ जना पक्राउ

रौतहट : रौतहट प्रहरीले कर्तव्य ज्यान तथा लागुऔषध मुद्दा गरी दुईजना फरार अभियुक्त पक्राउ गरेको छ।२०७७ साल भदौ ३ गते रौतहटको माधवनारायण नगरपालिका वडा नं–२ खेसरहिया चोकमा रहेका हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहलाई कञ्चटमा गोली हानी हत्या गरेको आरोप लागेका देवाही गोनाही नगरपालिका वडा नं–१ करुनियाका शेख विकाउ भन्ने महम्मद कासिमलाई प्रहरीले पक्राउ गरेको हो।ज्यानसम्बन्धी कसुर तथा संगठित अपराध मुद्दामा फरार रहेका कासिम निरन्तर ठेगाना परिवर्तन गर्दै लुकीछिपी बसेको अव