संसद भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । केहीबेर अघि बैठक सुरु भएको हो । सभामुख अग्नि सापकोटाले समितिको बैठक बोलाएका थिए । बैठकमा नेकपा एमाले भने सहभागी छैन । गठबन्धन दलमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे रहेको विवादका बीच आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भए पनि एमसिसी कार्यसूचीमा छैन । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको