एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले भेटवार्ता गरेकी छिन् । उनीसहितको टोली ओलीलाई भेट्नका लागि बिहीबार मध्यान्ह ओली निवास बालकोट पुगेको थियो । सो क्रममा नेपालको संसदमा विचाराधीन रहेको एमसीसी सम्झौताका विषयमा छलफल केन्द्रीत भएको बताइएको छ । एमसीसी कार्यान्वयनका लागि एमसीसीकी उपाध्यक्ष फातिमा सुमारको टोली आजै बिहान काठमाडौं आइपुगेको थियो । टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त