काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चालकको लागु पदार्थ सेवनको अवस्थाबारे परीक्षण गर्न थालेको छ । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट यात्रु ओसार पसार गर्ने ट्याक्सी चालकले लागु पदार्थ सेवन गरे नगरेको परीक्षण गरेर यो कार्यको थालनी गरिएको थियो ।प्राविधिकहरुको सहयोगमा ट्याक्सी चालकलाई लागुऔषध परीक्षण गरिएपनि लागुपदार्थ सेवन गरेर ट्याक्सी चलाउनेहरु नभेटिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डीआईजी मीरा चौधरीले रातोपाटीलाई बताइन् ।सवारी चालकको पिशाव ‘टेष्ट किट’मा र