नवप्रवेशी तीन उम्मेद्‍वार कांग्रेस केन्द्रीय समितिमा पुग्न सफल

काठमाडौँ– नेपाली कांग्रेसको १४औं महाधिवेसनबाट नवप्रवेशी तीन जना उम्मेद्‍वार केन्द्रीय समितिमा पुग्न सफल भएका छन् । आइतबार साँझ सार्वजनिक अन्तिम मतपरिणाम अनुसार तत्कालिन मधेसी जनअधिकार फोरमबाट कांग्रेसमा प्रवेश गरेका गोपाल दहित र गणेशलामा खुला केन्द्रीय सदस्यमा विजयी भएका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टिवाट प्रवेश गरेका सुनिल थापा पनि खुलाबाट केन्द्रीय सदस्यमा विजयी भएका छन् । […]