उपसभामुखको कुर्सीमा माओवादीबाहेक को बस्ला ?

प्रतिनिधि सभा झन्डै १८ महिनादेखि उपसभामुखविहीन छ । सभामुखमा अग्नि सापकोटा निर्वाचित हुने तय भएपछि एउटै दलको भएका कारण २०७६ माघ ६ गते डा. शिवमाया तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजीनामा दिएकी थिइन् । तर, डेढ वर्ष बितिसक्दा पनि संसद्ले नयाँ उपसभामुख चयन गर्न सकेको छैन ।एउटै पार्टीबाट सभामुख र उपसभामुख निर्वाचित गर्न नसकिने संवैधानिक व्यवस्थाअनुसार तत्कालीन नेकपाबाटै सभामुख र उपसभामुख हुने भएपछि १८ महिनाअघि तुम्बाहाङ्फेले राजीनामा दिएकी थिइन् । उपसभामुख तुम्बाहाङ्फेको राजीनामासँगै सापकोटा सभामुखमा न