प्रदेशको नाम ‘मधेश’ र स्थायी राजधानी ‘जनकपुरधाम’ कायम हुने गरी सचिवालयमा प्रस्ताव दर्ता

धनुषा, बैशाख ६ । प्रदेश नम्बर २ को नामाकरण र स्थायी राजधानीका लागि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । प्रदेशको नामाकरण र स्थायी राजधानीका लागि दुई(दुई वटा प्रस्ताव दर्ता भएको जानकारी प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले दिए । दुवै दलका प्रदेशसभा सदस्यहरुले प्रदेशको नाम ‘मधेश’ र […]

सम्बन्धित सामग्री

प्रदेश २ : यसपटक पनि स्थायी राजधानी र नाम जुर्ने सम्भावना कम

जनकपुर : प्रदेश २ को नाम र राजधानीबारे फेरि अन्योल कायम नै रह्ने अवस्था देखिएको छ। प्रदेश २ को नाम र राजधानी तय गर्न दलहरूले पुरानै अडान कायम राखेको हुँदा नाम र राजधानीबारे पुरानो अवस्था नै दोहोरिने स्थिति देखिएको हो। दलहरूले दर्ता गराएको प्रस्ताव दर्ताअनुसार पुरानै अवस्था दोहोरिने भएको छ।प्रदेश नं २ को प्रदेशसभा सचिवालयले आह्वान गरेको नाम र राजधानीबारे प्रस्ताव दर्ताअनुसार नेपाली कांग्रेसले प्रदेश २ को नाम ‘मिथिला भोजपुरा’ र राजधानी ‘जनकपुरधाम’ राख्ने प्रस्ताव दर्ता गराए

प्रदेश २ मा नाम र राजधानीका लागि आज मतदान

जनकपुरधाम। प्रदेश २ को प्रदेशसभा गठन भएको सवा दुई वर्षपछि आज (शनिबार) स्थायी राजधानी घोषणा हुने करिब निश्चित देखिएको छ । स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभा सचिवालयले दलहरूको प्रस्ताव दर्ता गरेको ६ महिनापछि शनिबार मतदान प्रक्रियाबाट टुंग्याउन लागिएको हो । स्थायी राजधानीको सवालमा दलीय सहमति कायम भइसकेको हुँदा संवैधानिक प्रक्रिया पूरा गर्न मात्रै मतदान …