काठमाडौं : नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन्। हाल क्यारिबियन प्रिमियर लिग खेल्न सेन्ट लुसियामा रहेका सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) को पदाधिकारीसँगको कुराकानीमा आफूमाथि लागेको आरोपको खण्डन गरेका हुन्।
क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले लामिछानेले क्यानसँग कानुनी सहयोग मागेको बताए।
''मैले केही गरेको छैन'…