रुखले किचेर इलाममा एकजना वृद्धको मृत्यु

काठमाडौं : इलाम माई नगरपालिका–५ धोबिखोलाका ८२ वर्षीय प्रेम बहादुर आङदम्बे लिम्बुको रुखले किचेर मृत्यु भएको छ।आज बिहानको राती २ बजे पानीसँगै आएको हावाहुरीले घर नजिकै रहेको सखुवाको रुख ढलेर बाँसको टाँटी र  टिनको छानो भएको घर किच्दा सोही घरमा सुतिरहेका वृद्ध लिम्बुको घटनास्थलमा नै मृत्यु भएको इलाम प्रहरीले जनाएको छ।