सावित्रा भण्डारीले फेरि गोकुलम केरेला एफसीबाट भारतीय महिला लिग खेल्ने

काठमाण्डाै - नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीले फेरि गोकुलम केरेला एफसीबाट भारतीय महिला लिग खेल्ने भएकी छिन् । गोकुलमले सामाजिक सञ्जाल फेसबुकबाट सावित्रालाई नयाँ सिजनका लागि अनुबन्ध गरिएको जनाएको छ । सावित्राले यसअघि चौथो संस्करणको लिग गोकुलमबाट खेलेकी थिइन् । उनीसँगै अनिता बस्नेतले समेत गोकुलमबाट खेलेकी थिइन् । चौथो संस्करणको लिगमा सावित्रा सर्वाधिक गोलकर्ता बनेकी थिइन् । सावित्राले त्यस सिजनमा १६ गोल गरेकी थिइन् । यो सिजन गोकुलमले उपाधि जितेको थियो ।

सम्बन्धित सामग्री

सावित्राको उच्च प्रदर्शनसँगै गोकुलम फाइनलमा

एजेन्सी – नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बाको उच्च प्रदर्शनबाट प्रेरित गोकुलम केरेला एफसी भारतीय महिला लिग (आईडब्ल्यूएल) को फाइनलमा प्रवेश गरेको छ । इस्टर्न स्पोर्टिङ युनियनलाई शुक्रबार ५–१ ले हराउँदै साविक विजेता समेत रहेको गोकुलम उपाधि नजिक पुगेको हो । गोकुलमले आइतबार हुने फाइनलमा नेपाली टोलीका अन्य दुई सदस्य सरु लिम्बु र […] The post सावित्राको उच्च प्रदर्शनसँगै गोकुलम फाइनलमा first appeared on Hamro Khelkud.

सावित्रा सम्मिलित गोकुलम रोकियो

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा सम्मिलित गोकुलम केरेला एफसी भारतीय महिला लिग (आइडब्ल्यूएल) मा बिहीबार बराबरीमा रोकिएको छ । मिसाका युनाइटेड एफसीसँग भएको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । सावित्रा पूरा समय खेलेकी थिइन् । अघिल्ला सुरुवाती ३ खेलमा सावित्राले ११ गोल गरेकी थिइन् । उनले पहिलो खेलमा ५, […] The post सावित्रा सम्मिलित गोकुलम रोकियो first appeared on Hamro Khelkud.