पाँच जिल्लाबाट लागूऔषधसहित आठ जना पक्राउ

काठमाडौं : पाँच जिल्लाबाट लागूऔषधसहित आठ जना पक्राउ परेका छन्। सिरहा, बरियारपट्टी गाउँपालिका-४ तेनुवाट्टी बस्ने ६५ वर्षीय फुदन पासवानलाई लागूऔषध गाँजा करिब ३० किलोग्रामसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ। उनले लागूऔषध गाँजाको ओसारपसार गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो। तनहुँ, शुक्लागण्डकी नगरपालिका-२ नर्सरीस्थित प्रतिक्षालयबाट लागूऔषध गाँजा करिब ७ सय २० ग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरी