पार्टी विरोधी काम गरेको भन्दै एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माधव पक्षका छ मन्त्रीसहित सात जनालाई साधारण सदस्यसमेत नरहने कार्वाही गरेको छ ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण बहादुर थापाले माओवादी नेतृत्वमा सरकारमा मन्त्रीण्डल विस्तार गरेको ,२४ घण्टे स्पष्टिकरणको जवाफ नदिएको, समानान्तर कमिटी बनाउनुका साथै राष्ट्रिय भेला गर्ने लगायतका पार्टी विपरित कार्य गरेकाले कार्वाही गरिएको बताउनुभयो । सोमबारको बैठकले कार्वाहीको निर्णयगरी केन्द्रमा जानकारीका लागि पठाइएको समेत अध्यक्ष थापाले जनाउनुभयो ।