मुलुकको विभिन्न स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दश जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले रौतहट, ईलाम, पाँचथर, पाल्पा, पर्सा, कञ्चनपुर, झापा र धादिङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दश जनाको मृत्यु भएको जनाएको छ ।
रौतहटको गरुडा नगरपालिका–४ गरुडा गाउँस्थित सडकमा ना.६२ प ३३९९ नम्बरको मटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १९ वर्षीय महमद अलताफ आलम र २५ वर्षीय रवि साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको लागि झाझपुलस्थित ग्राण्डी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।