काठमाडौँ– मालिका केशरीको उपन्यास ‘दुङाल’ले साहित्यको माध्यमबाट तिब्बती शरणार्थीको समस्या उजागर गर्न सफल रहेको संस्कृतिविद्, अधिकारकर्मी र साहित्य समीक्षकहरूले बताएका छन् । राजधानीमा आज साङ्ग्रिला बुक्सद्वारा आयोजित अन्तरसंवादका वक्ताहरूले शरणार्थी समस्यालाई राजनीतिकभन्दा पनि मानवअधिकारको दृष्टिले हेरिनुपर्नेमा उनीहरूको जोड थियो । कार्यक्रममा इतिहासकार एवं संस्कृतिविद् रमेश ढुङ्गेलले मालिका केशरीको उपन्यास ‘दुङाल’ले सुस्ताएको राजनीतिक, सांस्कृतिक र संवेदनशील […]