काठमाडौँ- ललितपुर महानगरपालिकाको मेयरका लागि गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चिरीबाबु महर्जनविरूद्ध बेरुजुमा उजुरी परेको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार निवर्तमान मेयर महर्जनको कार्यकालमा बेरुजु रहेको भन्दै उनीविरूद्ध उजुरी परेको हो। स्थानीय तह निर्वाचनको आचारसंहिताअनुसार जनप्रतिनिधिले उम्मेदवार बन्न बेरूजु फर्छ्यौट गर्नुपर्छ। ललितपुर महानगरमा चिरीबाबुका अतिरिक्त एमालेकी उपमेयर उम्मेदवार मञ्जली शाक्यविरूद्ध उजुरी परेको छ। उनको नाम समानुतिकतर्फको बन्द सूचीमा […]