इब्राहिम राइसी इरानको नयाँ राष्ट्रपतिमा निर्वाचित हुने भएका छन्। ९० प्रतिशत मत गणना भइसक्दा इरानको सर्वोच्च अदालतका प्रधानन्यायाधीशसमेत रहेका राइसी राष्ट्रपति बन्ने निश्चित भएको हो।
अकल्पनीय दुर्घटनाले इरान शोकमा छ । राष्ट्रपति इब्राहिम राइसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायत केही वरिष्ठ अधिकारीको एकै पटक हेलिकोप्टर दुर्घटनामा निधन भएपछि इरान शोकमा साथै सङ्कटमा परेको हो । यही मे १९ मा देशको उत्तरी क्षेत्रको एक कार्यक्रममा भाग लिएर फर्कने क्रममा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो ।
रुस र इरान द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन तथा पारस्परिक सहयोग अभिवृद्धि गर्न सहमत भएका छन् । दुवै देशका राष्ट्रपतिबीच मङ्गलबार यहाँ भएको भेटवार्तामा त्यस्तो सहमति भएको हो । राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति इब्राहिम राइसी बीचको भेटवार्ता व्यापारिक साझेदारी, सुरक्षा, पूर्वाधार निर्माण, आर्थिक सहयोग र ऊर्जामा केन्द्रित रहेको इरानी राष्ट्रपति कार्यालयको वेबसाइटमा उल्लेख छ ।दुवै राष्ट्रपतिबीच क्षेत्रीय सुरक्षा प्रबर्द्धनका साथै आपसी सहयोग र सम्बन्ध विस्तार, औद्योगिक विकास तथा संयुक्त लगान
काठमाडौँ– इरानका राष्ट्रपति इब्राहिम राइसी कतार पुगेका छन् । कतारका राजकुमार अमिरतमिम बिन हमाद अल थानीसँग उच्चस्तरीय वार्ता गर्न तथा ग्यास निर्यात गर्ने देशहरूको सगंठन(जीईसीएफ)मा सहभागी हुन राष्ट्रपति राइसी कतार पुगेका हुन् । राष्ट्रपति राइसी दुई भम्रणका क्रममा त्यहाँ उच्च राजनीतिक भेटवार्ता गर्नेछन् । कतारको विमानस्थलमा सञ्चारकर्मीसगँ कुरा गर्दै राष्ट्रपति राइसीले दुई देशको राजनीतिक तथा […]
दुबई । इरानका इस्लामिक कट्टरपन्थी विचारधाराका प्रधानन्यायाधीश इब्राहिम राइसी इरानको राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
न्यून मतदान भएको यसपटकको राष्ट्रपति निर्वाचनमा इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको समर्थनप्राप्त राइसीले भारी मत प्राप्त गरेका थिए ।
सन् १९८८ मा हजारौँ राजनीतिक बन्दीहरुको सामूहिक हत्याको आरोप खेप्दै आएका राइसीमाथि संयुक्तराज्य अमेरिकाले प्रतिबन्ध लगाएको छ...
काठमाडौं।इरानमा नयाँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ। राष्ट्रपतिका लागि चार जना उम्मेदवार चुनावी मैदानमा छन्।मत सर्वेक्षणमा रुढीवादी शिया मौलवी तथा सर्वोच्च अदालतका पूर्वप्रमुख इब्राहिम राइसी विजयी हुने सम्भावना देखिएको छ।इरानको केन्द्रीय बैंकका पूर्व गभर्नर अब्दुलनासेरले उनलाई कडा चुनौति दिनेछन्। केही असन्तुष्ट र केही सुधारवादीहरुले निर्वाचन बहिस्कार गरेका छन्। उनीहरुले केही उम्मेदवारलाई चुनाव लड्न नदिएर रईसीलाई सजिलो पारेको बताएका छन्।