चण्डीगढको तालिम: पेशागतदेखि व्यक्तिगत क्षमताको विकास
उक्त तालिमले चिकित्सकहरुको पेशागतदेखि व्यक्तिगत क्षमताको विकासमा ठूलो टेवा पुर्याएको छ। उक्त तालिम नेपालस्थित भारतीय दुतावास मार्फत भारतको विदेश मन्त्रालयको आइटीइसी अन्तर्गतको कार्यक्रम थियो।
देशको माग धान्ने गरी उत्पादन गर्न सक्ने क्षमताको विकास भइसकेको अवस्थामा अनियन्त्रित रूपमा दक्षिणतिरको खुल्ला सीमाबाट हुने चोरी पैठारी र न्यून विजकीकरणका कारण उद्योगी व्यवसायीहरूलाई मार परेको उनीहरूको भनाइ छ।...
योगले नेचुरल किलर सेलको संख्या बढाई क्यान्सरसँग लड्ने क्षमताको विकास गर्छ । यसले क्यान्सरको उपचारमा प्रयोग गरिने किमोथेरापी, रेडियोथेरापी तथा सर्जरीका दुष्प्रभाव अन्त गरी बिरामीका पीडा, दुःख, डिप्रेसन घटाउँछ ।
योगले सेरोटोनिन, गावाजस्ता...
महालेखा नियन्त्रक कार्यालयले नेपालमा तीव्र गतिमा विकास निर्माण हुन नसक्नुको कारण केलाएको छ । आज सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनमार्फत कार्यालयले विकास निर्माण हुन नसक्नुको कारण केलाएको हो ।जसअनुसार, राष्ट्रिय निर्माण क्षमताको मापन हुनु नसक्नु, चालू खर्चको तुलनामा पूँजीगत खर्चतर्फ कम बजेट विनियोजन हुनु लगायतका समस्या देखाइएको छ । यसैगरी, पूँजीगत बजेट खर्च न्यून हुनु, प्रविधि तथा उपकरणको पर्याप्त उपलब्धता नरहनु जस्ता समस्याले समेत तीव्र गतिमा विकास निर्माणका काम हुन नसकेको प्रतिवेदनले औंल्य
वैशाख ७, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ डाँडाखेतमा १३२ केभी क्षमताको सबस्टेशन निर्माण शुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ अम्वाङ जोड्ने प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माण थालेको हो ।
मालिका–७ का वडाध्यक्ष रेशम जुग्जालीले डाँडाखेतमा सबस्टेशन बनाउन जग्गा सम्याउने काम शुरु भएको जानकारी दिए । ‘पहिलो चरणमा घेराबार र भवन निर्माण भइसकेको छ’, उनले भने, ‘सबस्टेशनका उपकरण राख्नका लागि जग्गा सम्याउने काम भइरहेको छ ।’ सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी) सँग सबस्टेशन र प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।
आयोजना प्रमुख रोशन अग्रवालले सम्झौतालगत्तै डिजाइन सकेर ठेकेदारले प्रारम्भिक चरणको पूर्वाधार निर्माण थालेको बताए । आयोजनाको ठेक्का अवधि ३० महीनाको छ ।
म्याग्दीको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र मध्य भूगोलबाट बग्ने राहुघाट तथा आसपासका नदीमा निर्माणको चरणमा रहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न प्रसारण लाइन र सबस्टेशन बनाउन लागिएको हो ।
२५ किलोमिटर दूरीको १२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ९० टावर निर्माण हुनेछन् । डाँडाखेत सबस्टेशनमा १३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान गरिने भएको छ । यस्तै २२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने राहुघाट सबस्टेशन जिआइएस प्रविधिको हुने आयोजना प्रमुख अग्रवालले बताए ।
एशियाली विकास बैंकको ऋण सहयोगमा प्रसारण लाइन र सबस्टेशन निर्माण गर्न लागिएको हो । डाँडाखेतमा सबस्टेशन बनाउन चार वर्षअघि ५१ रोपनी र राहुघाटको अम्बाङमा करीब ९० रोपनी जग्गा अधिग्रहण गरेर प्रारम्भिक चरणको पूर्वाधार निर्माण भएको छ ।
दुवै ठाउँमा जग्गा व्यवस्थापन, घेराबार, पहुँचमार्गका साथै डाँडाखेतमा गार्ड र कर्मचारी आवासगृह भवनसमेत निर्माण गरिएको छ । म्याग्दी नदीमा १७२ दशमलव ८ मेगावाट क्षमताको चार जलविद्युत् आयोजना निर्माणमा चरणमा छन् ।
धवलागिरि हिमालको फेदबाट बग्ने म्याग्दी नदीमा दुई आयोजनाले पूर्वाधार निर्माण शुरु गरेका छन् । थप दुई आयोजनाले लगानी जुटाएर पूर्वाधार निर्माणको तयारी गरेका हुन् । सबस्टेशन र राहुघाट जोड्ने प्रसारण लाइन निर्माणको तयारी भएसँगै अनुमति लिएका प्रवर्द्धक सक्रिय भएका छन् ।
गैरआवासीय नेपालीको अगुवाइमा धवलागिरि–कालिका हाइड्रोले २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको सुुरुङ निर्माण थालेको छ । धवलागिरि गाउँपालिका–४ मा हाइड्रो इम्पायर प्रालि काठमाडौंले निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले विस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण गरिरहेको छ ।
धवलागिरि गाउँपालिका–४ मा नै भिजन हाइड्रो प्रालिले ५७ दशमलव ३ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाको संरचना शुरु गर्ने तयारी गरेको छ ।
अपर हाइड्रोपावर प्रालि काठमाडौंले धवलागिरि र मालिका गाउँपालिकामा बनाउन लागेको ५३ दशमलव ५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजना निर्माणस्थलमा सडक र विद्युत् सुविधा पुर्याउने काम भइरहेको छ । रासस
खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा कोल्ड स्टोर (चिस्यान केन्द्र) निर्माण गरिएको छ । संघीय सांसद निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा ३० टन भार क्षमताको कोल्ड स्टोर निर्माण गरिएको हो । ९० लाखको खर्चमा निर्माण गरिएको चिस्यान केन्द्र शुक्रबार प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन […]
जो मानिसको उच्च रक्तचाप र रगतमा ग्लुकोजको मात्रा धेरै थियो उहाँहरुलाई अस्पताल जाने सल्लाह दियौं। यस कार्यक्रमले हामीलाई एकताको बल, समाजप्रति शुश्रुषाको भावनामा थप उर्जा, कार्यक्रम संचालन गर्ने क्षमताको विकास तथा नम्र र मिठो बोली बोल्ने शैलीको विकास गरेको छ।
स्याङ्जाको गल्याङ नगरपालिकामा तीन सयजना क्षमताको सिटी हलको निर्माण भएको छ ।निर्माण सम्पन्न भएको हल आयोजनाकातर्फबाट सहरी विकास संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका प्रमुख इन्जिनियर झपटबहादुर थापाले एक कार्यक्रमकाबीच गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारीलाई हस्तान्तरण गरेका छन् ।गल्याङ नगरपालिका–३ गल्याङ बजारनजिकै बनेको सिटी हल भ्याटबाहेक तीन करोड ६६ लाख ३५ हजार ३ सय ४३ रुपैयाँ […]
काठमाडौं, कात्तिक २८ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा १० हजार दर्शक क्षमताको प्रदेश रंगशाला निर्माण हुने भएको छ । निर्माण कम्पनी र कर्णाली प्रदेश खेलकुद विकास परिषदबीच आइतबार रंगशाला बनाउने सम्झौता भएको हो । प्रदेश सरकारले प्रदेश गौरवको योजनाका रुपमा घोषणा गरेको प्रदेश रंगशाला निर्माणको खबरले यसक्षेत्रमा उत्साह छाएको छ । काठमाडौंको कान्तिपथमा रहेको […]
काठमाडौं, असार २८ । संखुवासभा र भोजपुर जिल्लाको सीमा नदीमा बन्न लागेको ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजना विकासका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रदेश–१ को संखुवासभा र भोजपुर जिल्लाको सीमा नदीमा निर्माण हुने प्रस्तावित ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमति जारी गर्ने प्रयोजनका लागि नेपाल सरकार, लगानी बोर्डको कार्यालय र […]