अन्तर्राष्ट्रिय नारी दिवसमा ‘द ऐला लाउन्ज’द्वारा प्रेरणादायी महिला सम्मानित

११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा द ऐला लाउन्ज कुमारीपाटीले समाजमा प्रेरणादायी काम गर्दै आएका चार महिलालाई सम्मानित गरेको छ । लाउन्जले विषम परिस्थितिमा पनि व्यक्तिगत जीवनभन्दा माथि उठेर सेवा भावसहित काम गर्दै आएका महिलाहरूलाई सम्मान गरेको हो । ललितपुर उपमहानगरपालिकाकी उपमयेर गीता सत्यालको प्रमुख आतिथ्यमा लाउन्जले उक्त कार्यक्रम सम्पन्न गरेको हो । उक्त अवसरमा सम्मानित हुने महिलाहरूमा नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठ, ह्याप्पी होम्स अनाथालयकी सञ्चालिका महिमा पोखरेल, पा