कानूनविपरित एलोपेथिक क्लिनिक सञ्चालन गर्ने दुई आयुर्वेदिक औषधी पसलमा जिल्ला प्रशासन कार्यालयले सिलबन्दी गरेको छ । अनुगमनका क्रममा रेसुंगा नगरपालिका-८ मा सञ्चालित सम्पन्न आयुर्वेद र सफल होमियोप्याथिक औषधी पसलले कानूनविपरीत एलोपेथिक क्लिनिक सञ्चालन गरेको पाइएपछि प्रशासनले सिलबन्दी गरेको हो ।