रोल्पामा दिउँसाे ३ बजेसम्म ३५ प्रतिशत मत खस्याे

रोल्पा – आज आइतवार भइरहेकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत राेल्पामा दिउँसाे ३ बजेसम्म ३५ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्यमा अहिलेसम्म ३५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रोल्पाका प्रमुख पदमबहादुर डाँगीले बताउनुभयो । एकमात्र प्रतिनिधि सभा क्षेत्र रहेको रोल्पामा ८६ वटा मतदान स्थल र एक सय ७७ वटा मतदान केन्द्र रहेका छन् । यस्तै मतदाताकाे सङ्ख्या एक लाख ४५ हजार चार सय ७१ रहेको छ । गएकाे वैशाखमा भएकाे चुनावमा ६६ प्रतिशत मत खसेको रोल्पामा याे चुनावमा झन्डै ४५ प्रतिशत ...