विश्वकपमा क्वाटरफाइनल पुर्‍याउनेले छाडेपछि पोर्चुगलले समूह चरणबाटै फर्केका प्रशिक्षक भित्र्यायो

२५ पुस, काठमाडौं । बेल्जियमको राष्ट्रिय फुटबल टिम र इंग्लिस क्लब एभर्टनका पूर्व मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेज पोर्चुगलको मुख्य प्रशिक्षक भएका छन् । ४९ वर्षका स्पेनिस प्रशिक्षकले फर्नान्डो सान्तोषको स्थान लिएका हुन् । कतार विश्वकपमा मोरक्कोसँग हारेर पोर्चुगल क्वार्टर फाइनलबाटै घर फर्केपछि सान्तोषले राजीनामा गरेका थिए । तर मार्टिनेजको टिम बेल्जियम भने कतार विश्वकपको समूह […]