सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दैछ । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदलको बैठक आज पनि बस्न लागेको हो । बैठक बिहान ९ बजे बालुवाटारमा बस्नेछ भने आजै शीर्ष नेताहरुको बैठक बस्ने भएको छ । प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दलबीच सिट बाँडफाँटका लागि प्रयास भइरहेको भए पनि तीन साता नाघिसक्दा पनि टुंगोमा पुग्न सकेको छैन । नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्