एक अर्ब लगानीको १० तले भवन कर्पोरेट अफिसलाई भाडामा दिन्छौँ : अक्षय गोल्यान
व्यावसायिक घराना गोल्यान ग्रुपले पुरानो बानेश्वर हाइटमा कर्पोरेट टावर बनाइरहेको छ । कर्पोरेट क्षेत्रलाई अफिस भाडामा दिने गरी ग्रुपले सुविधासम्पन्न...
गोल्यान समूहले पूरानो बानेश्वरमा १० तल्लाको ‘गोल्यान टावर’ बनाउँदैछ । ‘कर्पोरेट अफिस’हरुलाई भाडामा लगाउने योजनाका साथ गोल्यान ग्रुपले पुरानो बानेश्वर हाइटमा गोल्यान टावर नाम दिएर कर्पोरेट टावर निर्माणको काम सुरु गरेको हो ।१ अर्ब लगानीमा निर्माण भइरहेको गोल्यान टावरको भौतिक स्ट्रक्चर करिब करिब सकिएको छ । टावरले आकार लिईसकेको छ । २.५ रोपनी क्षेत्रफलमा बनिरहेको १० तल्ले टावरमा २ तल्ला भने बेसमेन्ट पार्किङका लागि छुट्याईएको छ ।सन् २०२२ को जुनसम्म सञ्चालनमा आईसक्ने दाबी गरिएको यो टावरलाई रियलस्टेट पायोनियर गोल्यान समूहले ‘फ्ल्यागशिप कमर्शियल बिल्डिङ’का रुपमा अघि सारेको छ । अफिस राख्ने ठाउँको अभाव पुर्तिको प्रयासकाठमाडौँमा ठूला कर्पोरेट हाउसहरुले आफ्ना प्रोडक्टै पिच्छे कार्यालय राख्न ठाउँको अभाव छ । एउटा कर्पोरेट हाउसका धेरै उत्पादन हुने भएपनि सबैले छुट्टाछुट्टै कार्यालय राख्न ठाउँको अभाव भएपछि गोल्यान ग्रुपले एउटै भवनमा धेरै अफिस राख्न सकिने गरी सुविधा सम्पन्न टावर निर्माण थालेको हो ।टापरमा कम्तिमा २० वटा ठूला अफिसहरु राख्न सकिनेछ । टावरका फ्ल्याटहरु बिक्री गरिने नभई अवधि तोकेर भाडामा लगाईनेछ । टावरमा पार्किङसहित रेष्टुरेन्ट सर्भिस पनि उपलब्ध हुनेछन् ।गोल्यान ग्रुपको कर्पोरेट अफिस पनि सर्दैगोल्यान ग्रुपका निर्देशक अक्षय गोल्यानका अनुसार टावरका माथिल्ला ३ तलामा गोल्यान ग्रुपकै कम्पनीका अफिसहरु रहनेछन् । गोल्यान समूहको मुख्यालय नै अब त्यही टावरमा बस्नेछ । हाल ताहाचलको अपार्टमेन्टमा रहेको गोल्यान समूहको कर्पोरेट अफिस अब निर्माण सकिएपछि त्यही टावरमा सर्नेछ । ताहाचलको ठाउँ साँघुरो र सहरभन्दा बाहिर भएकोले गोल्यान समूहले कर्पोरेट अफिस बानेश्वर सार्न लागेको हो । गोल्यान समूहले रियलस्टेट, हस्पिटालिटी, बैंक, कृषि लगायतमा लगानी गरेको छ । करिब १ महिना अगाडी ताहाचलमै गोल्यान समूहले होटल ह्यात प्यालेस पनि सञ्चालनमा ल्याएको छ ।