कर्णाली र सुदूरपश्चिममा २५ अर्ब खर्चेर भरपर्दाे बिजुली पुर्‍याइँदै

काठमाडौं । विकासमा पछाडि परेको कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको विद्युत् प्रणाली सुधारका लागि सरकारले विशेष योजना नै बनाएर काम अगाडि बढाएको छ । कर्णाली प्रदेशका जिल्लामा बिजुली उपलब्ध गराउने कोहलपुर– सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणका लागि केही दिनअघि मात्रै एशियाली विकास बैंकसँग ऋण सम्झौता भएको छ । विद्यमान ३३ केभी क्षमताको प्रसारण लाइनको स्तरोन्नति गरेर हाइभोल्टेज प्रसारण लाइन निर्माण गर्न लागिएको छ । सो प्रसारण लाइनको क्षमता वृद्धिका लागि नेपाल विद्युत् प्राधिकरणले धेरै पहिलेदेखि प्रयास गरे पनि राष्ट्रिय निकुञ्जभित्रका रूख कटान तथा वन क्षेत्रको जग्गा प्राप्तिमा समय लागेकाले अपेक्षित प्रगति हुन सकेको छैन । कोहलपुरबाट सुर्खेतसम्मको प्रसारण लाइनको क्षमता ३३ केभी भए पनि सुर्खेतबाट दैलेख, जुम्ला, कालीकोट पुगेको प्रसारण लाइनको क्षमता ११ केभी मात्र छ । सानो क्षमताको प्रसारण लाइनका कारण सानो हावाहुरी आउँदा वा मनसुनको समयमा अत्यधिक मात्रामा बिजुली काटिने गरेको छ । सो समस्या समाधानका लागिसमेत प्राधिकरणले दातृ निकायको सहयोगमा रणनीतिक योजना अगाडि सारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले केन्द्रीय प्रसारण प्रणाली नपुगेका जिल्लामा सबै साधन र स्रोतको प्रयोग गरेर बिजुली उपलब्ध गराउने लक्ष्य राखेको छ । आगामी दुई वर्षभित्र कर्णाली प्रदेशको मुगु, डोल्पा र हुम्लामा प्रसारण लाइन पुर्‍याउने लक्ष्य राखिएको छ । यस्तै हाल प्रसारण राष्ट्रिय प्रणालीको विद्युत् पुगेका जिल्लाको क्षमता वृद्धिका लागि समेत मन्त्रालयले काम गरिरहेको छ ।      ऊर्जामन्त्री पम्फा भुसालका अनुसार हरेक नेपालीको घरघरमा नै बिजुली उपलब्ध गराउने योजनाअनुसार मन्त्रालयले प्राधिकरणलाई विशेष प्याकेज बनाएर काम गर्न निर्देशन दिइएको छ । अर्थमन्त्री जनार्दन शर्माले पनि कर्णाली प्रदेशको प्रसारण प्रणालीको सुधार तथा विस्तारका लागि स्रोत र साधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । सुर्खेतदेखि कोहलपुरसम्मको प्रसारण लाइन निर्माणका लागि निर्माण व्यवसायी परिचालन भइसके पनि वन क्षेत्रको जग्गा प्रयोगका कारण समस्या परिरहेको छ । सुर्खेतदेखि दैलेख–जुम्लासमेत समेट्ने गरी थप २२० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि अध्ययन भइरहेको छ । प्राधिकरणले त्यसका लागि २५ अर्ब बराबरको लगानी गर्न लागेको छ । डोल्पाका लागि भने प्राधिकरणले अर्काे प्याकेजमा काम गर्ने भएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भएका कारणले डोल्पामा भने नेपाल सरकारको लगानीमा नै काम गर्नेगरी प्योकज बनाइएको छ । त्यसबाहेकका अरू जिल्लाका लागि युरोपेली लगानी बैंक र एएआइबीसँग सहुलियतपूण ऋण लिएर काम अगाडि बढाइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । हाल बोलपत्रको कागजात तयार पार्ने काम भइरहेको छ । देशभर ९० प्रतिशत घरधुरीमा बिजुली पुगेको भए पनि कर्णाली प्रदेशमा ४३ प्रतिशतमा बिजुली पुगेको छ । यही अवस्थालाई ध्यानमा राखेर प्राधिकरणले विशेष प्राथमिकता दिएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । वितरण प्रणालीको व्यवस्थापन, सबस्टेशनको निर्माणका साथ साथै उच्च क्षमताको ४०० केभी प्रसारण लाइन निर्माण गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ । प्राधिकरणले ३५ स्थानमा सबस्टेशन निर्माण गर्ने लक्ष्य राखेको छ । रासस

सम्बन्धित सामग्री

स्वास्थ्य सुविधामा कर्णाली भन्दा सुदूरपश्चिम पछाडि

१०० बेड भन्दा माथिका अस्पतालमा पनि सुदूरपश्चिम पुछारमा छ। बागमतीमा सबैभन्दा धेरै २६ अस्पताल रहेकोमा सुदूरपश्चिममा जम्मा २ वटा छन्। कर्णालीमा समेत तीनवटा ठूला अस्पताल सञ्चालित छन्।

सुदूरपश्चिममा डेङ्गुबाट तीनजनाको मृत्यु, आठ सय सङ्क्रमित

कञ्चनपुर– बितेको आठ महिनामा सुदूरपश्चिममा आठ सय ७७ जनालाई डेङ्गु सङ्क्रमण भएको छ । सुदूरपश्चिममा सबैभन्दा बढी सङ्क्रमण कैलाली, कञ्चनपुर र पहाडी जिल्ला दार्चुलामा देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत हेमराज जोशीले डेङ्गु सङ्क्रमणबाट कञ्चनपुरमा दुई र दार्चुलामा एक गरी तीन जनाको मृत्यु भएको जानकारी दिए । सुदूरपश्चिम प्रदेश सरकारले […]

सुदूरपश्चिममा ६५ प्रतिशत रोपाइँ सम्पन्न

डोटी – सुदूरपश्चिम प्रदेशमा ६५ प्रतिशत धान रोपाइँ सकिएको छ । सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालय दिपायल, राजपुरका अनुसार सुदूरपश्चिमको अन्न भण्डार मानिने कञ्चनपुर र कैलालीमा मात्रै ७० प्रतिशत रोपाइँ सकिएको छ । नौ जिल्ला रहेको सुदूरपश्चिममा धान र गहुँ उत्पादन यी दुई जिल्लामा औसतमा बढी हुने गरेको छ । सुदूरपश्चिममा पूर्णरुपमा राेपाइँ  सकिन साउनको पहिलो हप्तासम्म लाग्ने कृषि विकास निर्देशनालयले जनाएकाे छ । निर्देशनालयका सूचना अधिकृत केशवराज पाण्डेयले सुदूरपश्चिममा कूल एक लाख ७५ हजा...

सुदूरपश्चिममा डेंगीको संक्रमण तीव्र

धनगढी – सुदूरपश्चिममा डेंगीको संक्रमण तीव्र रुपमा फैलिरहेको छ। सुदूरपश्चिम प्रदेशमा डेंगीको संक्रमण गत वर्षभन्दा तेब्बरले बढेको तथ्यांकले देखाएको छ। गत वर्ष ८८ जनामा डेंगी देखिएको सुदूरपश्चिममा यो वर्ष भने हालसम्म मात्रै २ सय २४ जनामा संक्रमण पुष्टि भएको छ। विगतमा डेंगीको संक्रमण तराईमा बढी देखिने गरेको भए पनि यस वर्ष भने पहाडी जिल्लामा पनि […]

सुदूरपश्चिममा फैलँदै डेंगु संक्रमण

गत जेठ महिनायता सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत जेठयता सुदूरपश्चिममा प्रादेशिक र जिल्ला अस्पतालमा मात्रै एक सय ६१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।“डेङ्गुको सङ्क्रमण पहाडसँगै तराईका जिल्लामा सबैतिर देखिन थालेको छ”, सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ति हेमराज जोशीले भने, “इवारस् रिपोर्टिङ विधिबाट जिल्ला अस्पतालसम्मको तथ्याङ्क सङ्कलन हुने गरेको छ ।” उ

सुदूरपश्चिम : एक वर्षमा २३५ बलात्कारका मुद्दा दर्ता

सुदूरपश्चिममा पछिल्लो एक वर्षमा दुई सय ३५ वटा बलात्कारका घटना प्रहरीकहाँ दर्ता भएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार ती घटनामा ३७ जना अभियुक्त फरार छन्। जबरजस्ती करणीका घटनामा पीडितमध्ये १८...

सुदूरपश्चिममा तरलता अभाव नरहेको दाबी

नेपाल राष्ट्र बैंकको सुदूरपश्चिम प्रदेश कार्यालयले सुदूरपश्चिममा तरलता अभाव नरहेको दाबी गरेको छ ।आर्थिक सरोकार मञ्च सुदूरपश्चिमले शनिबार धनगढीमा आयोजना गरेको मौद्रिक तरलता र यसको प्रभावबारेको अन्तरक्रियामा बैंकका निर्देशक विनोदराज लेखकले सुदूरपश्चिममा तरलता अभाव नरहेको दावी गरे । यद्दपि, उनले पछिल्लो एक वर्षमा सुदूरपश्चिममा एक खर्ब नौं अर्ब २४ करोड ९७ लाख ७० हजार रुपैयाँ […]

सुदूरपश्चिममा पर्यटन प्रवर्द्धनका लागि ‘साइकल यात्रा’

धनगढी – सुदूरपश्चिममा पर्यटन प्रवर्द्धन गर्न ‘साइकल यात्रा २०७८’ सुरु गरिएको छ। साइकल यात्राको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार धनगढीमा उद्घाटन गरे। उद्घाटन कार्यक्रममा मुख्यमन्त्री भट्टले सुदूरपश्चिममा भएको पर्यटन क्षेत्रको सम्भावनालाई उजागर गर्न साइकल यात्राले महत्वपूर्ण भूमिका खेल्ने बताए। ‘धनगढीदेखि डोटीको बुडरसम्म हुने साइकल यात्राले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने छ’, उनले भने ‘विश्वप्यापी […]

सुदूरपश्चिममा मुख्यमन्त्री पाउनुपर्ने एकीकृत समाजवादी पार्टीको दावी

कैलाली : नेकपा (एकीकृत समाजवादी) पार्टीले सुदूरपश्चिम सरकारको नेतृत्वका लागि दावी गरेको छ। ५ दलीय गठबन्धन अनुसार अहिले सुदूरपश्चिममा माओवादीको नेतृत्वमा प्रदेश सरकार छ। ठूलो दलको हैसियतले एकीकृत समाजवादीले नेतृत्वमा दावी गर्न थालेको हो। सुदूरपश्चिममा गत १० गते बसेको पार्टीको प्रदेश कमिटीको बैठकबाट आफ्नो नेतृत्वमा सरकार सञ्चालनका लागि केन्द्रीय कमिटीलाई…

सुदूरपश्चिम हाम्रो कब्जामा हुनेछ - ओली

काठमाण्डाै – प्रधानमन्त्री एवं नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम आफ्नो दलको कब्जामा हुने दाबी गर्नुभएको छ ।सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई काठमाण्डौमा सम्बोधन गर्दै ओलीले सुदूरपश्चिममा अब आफ्नो दलको बर्चस्व हुने र त्यसको लागि कडा परिश्रम गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । ‘सुदूरपश्चिमका जुझारु कार्यकर्ताले हाम्रो पार्टीलाई पहिलो बनाउनेछन्, सुदूरपश्चिम अब हाम्रो पार्टीको कब्जामा हुनेछ’, ओलीले भन्नुभयो ।पार्टीको संगठन निर्माण भइरहेको र सबै ठाउँमा नियुक्ती पूरा भइ नसकेकाले पद पाइन भनेर चित्त न...