जुन महिनामा मात्र विश्व पर्यटन बजारबाट झण्डै ४७ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । पर्यटन बोर्डले सार्वजनिक गरेको रिपोर्टअनुसार जुन १ देखि ३० सम्ममा विभिन्न देशहरुबाट गरी कुल ४६ हजार ९५७ जना पर्यटक नेपाल भित्रिएका हुन् । यस अवधिमा सबैभन्दा बढी दक्षिण एसियाली राष्ट्र, सार्क मुलुकहरूबाट २६ हजार ३० (कुल आगमनको ५५.४ प्रतिशत) भएको छ भने अन्य एसियाली मुलुकहरूबाट २ हजार ३६९ अर्थात् ५ प्रतिशत आगमन भएको बोर्डले जनाएको छ । यस्तै, समीक्षा अवधिमा युरोपियन मुलुकहरूबाट ४ हजार ७८७ जनाको आगमन भइ