सत्तारूढ दलका नेताहरूका घैंटोमा बल्ल घाम लागेको छ । राज्यको महत्वपूर्ण अंग न्यायालय चार महिनादेखि भद्रगोल र गन्तव्यविहीन भइरहँदा अर्कै ध्रुवका पात्रझैँ बनेका थिए, राजनीतिक दल र तिनका नेताहरू । राज्यका अंग खरानी तुल्याउँदै न्यानो लिन कुनै कसर बाँकी नराख्ने आभास दिँदै थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका हकमा बल्ल सत्तारूढ द…