रुपन्देही प्रहरी कार्यालयमा कम्प्युटराइज्ड नागरिक सेवा केन्द्र

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नागरिक सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । कार्यालयमा आउने सेवाग्राहीलाई थप सजिलो र सहजता होस् भन्दै डिजिटल प्रविधिमा आधारित नागरिक सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।सेवा केन्द्रको आइतबार लुम्बिनी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डिआइजी) मुकुन्द राज आचार्यले शुभारम्भ गरे । उनले नागरिकका कामहरु छिटो छरितो सम्पादन गर्ने उद्देश्यले […]