भ्यालेन्टाइनमा टेलिकमको अफर : ४९ रूपैयाँमै एक एमबीपीएस डाटा र अनलिमिटेड कल

‘भ्यालेन्टाइन डे’को अवसरमा नेपाल टेलिकमले आकर्षक अफर ल्याएको छ । कम्पनीले फेब्रुअरी १४ मा अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराउने भएको हो । यो अफर आज र भोलि गरी दुई दिन उपलब्ध हुने कम्पनीले बताएको छ ।अफर अन्तर्गत ४९ रुपैयाँमा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा उपलब्ध हुनेछ । यसका लागि ‘स्टार १४१५ स्टार ११ ह्यास ट्याग ११’ डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने कम्पनीले बताएको