भरतपुर महानगरपालिकाका मुख्य दुई सडकमा ३३ केभी विद्युत्का तार भूमिगत गर्ने काम तीव्र गतिमा भएको छ। भरतपुरको भोजाडमा रहेको सबस्टेसनबाट बाइपास सडक हुँदै पूर्व–पश्चिम राजमार्गको गोन्द्राङसम्मको साढे चार किलोमिटर क्षेत्रमा तार बिछ्याउनका लागि पाइप राखिसकिएको छ। नारायणगढको पुलचोकदेखि बसपार्कसम्म सडकको दायाँबायाँ आँपटारीदेखि बाइपास सडकको दायाँबायाँ र बसपार्कदेखि गोन्द्राङसम्म एकातर्फ मात्र गरेर २३ किलोमिटर क्षेत्रमा तारलाई भूमिगत गरिँदै छ।