एमआरपीको मौज्दातमा चाप, थप छाप्न तेस्रोपटक ठेक्काको भेरिएसन गरिँदै

१५ माघ, काठमाडौं । सरकारको योजनाअनुसार काम हुने हो भने नेपालमा अबको नौ महिनापछि विद्युतीय राहदानी (ई-पासपोर्ट)को वितरण सुरु हुनुपर्छ । गत २० डिसेम्बरमा राहदानी विभागले फ्रान्सको ‘आईडीईएमआईए आइडिन्टी एण्ड सेक्युरिटी’सँग ई-पासपोर्ट छपाइको लागि दुई अर्ब ४८ करोड रुपैयाँमा खरिद सम्झौता गरिसकेको छ । सम्झौताअनुसार १० महिनाभित्र कम्पनीले ई-पासपोर्टको वितरणका लागि सबै काम सकाउनुपर्ने हुन्छ […]