इन्डियन प्रिमियर लिग (आइपिएल) मा यसअघिनै प्रतियोगिताको प्लेअफबाट बाहिरिसकेको दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई १५ रनले पराजित गरेको छ। बुधबार राति भएको खेलमा दिल्लीसँग पराजित भएसँगै पञ्जाबको पनि प्लेअफ सम्भावना कमजोर बनेको छ। पञ्जाबलाई उसकै मैदानमा पराजित गर्ने क्रममा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १३ रनको उच्च […]