काठमाडौं (अस) । सिद्धार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विराटनगरस्थित कोशी अस्पताललाई ५० लाख बराबरको हेमोडायलाइसिस मेसिन उपलब्ध गराउन अस्पतालसँग सम्झौता गरेको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.यज्ञराज खरेलले हस्ताक्षर गरे । कोशी अस्पतालले उक्त हेमोडायलाइसिस मेसिन अस्पतालमा आउने बिरामीको उपचारमा गप्रयोग गर्नेछ । मिर्गौला रोग भएका व्यक्तिलाई डायलाइसिस सेवा दिन उक्त मेसिन प्रभावकारी हुने विश्वास बैंकको छ ।