दशरथ रंगशालामा भारतसँग भएको रोमाञ्चक खेल, हेर्नुहोस् २६ तस्बिरमा

नेपाल र भारतबीच बिहीबार मैत्रीपूर्ण फुटबल अन्तर्गत पहिलो खेल सम्पन्न भयो । दशरथ रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा दुबै टोली १–१ को बराबरीमा रोकिए । प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले सुरुवाती अग्रता लिएपछि बचाइ राख्न सकेन । कोरोना महामारीका बीच पनि उल्लेख्य दर्शकको सहभागिता रहेको खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएपनि अग्रतालाई दोस्रो हाफमा कायमै राख्न नसक्दा बराबरीमा रोकिनु परेको हो । नेपालका लागि खेलको ३६औंँ मिनेटमा अञ्जन विष्टले गोल गरेका थिए  । तर दोस्रो हाफ अर्थात खेलको ६०औँ मिनेटमा भारतक...

सम्बन्धित सामग्री

ए डिभिजन लिगको दशौं चरण : लिग सक्ने हतारो, शीर्ष स्थान र रेलिगेशनमा केके हुँदैछ?

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत दशौं चरण आइबारबाट सकिएको छ। र, मंगलबारबाटै सुरु हुँदैछन् एघारौं चरणका खेल। करिब एक महिनापछि फेरि सुरु भएको लिगको १० औं चरण दशरथ रंगशाला र एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न भइसकेको छ। यो चरणले शीर्षस्थानमा मछिन्द्रलाई थप सुरक्षित बनाएको छ भने 'रेलिगेशन ब्याटल' रोमाञ्चक…

थ्रीस्टार क्लब फ्रेण्ड्ससँग बराबरीमा रोकियो

१७ मंसिर, काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । दुई ललितपुरे क्लबबीचको रोमाञ्चक खेलमा फ्रेण्ड्सले दोस्रो हाफको सुरुमा गोल गर्दै पहिले अग्रता लिएको थियो । तर थ्री स्टारले अन्तिम सात मिनेटभित्र बराबरी गोल फर्काएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको खेलको पहिलो […]

जितपछिको खुसी ...

काठमाडौं : त्रिपुरेश्वरस्थित दशरथ रंगशाला आज फुटबल समर्थकहरुले भरिभराउ देखियो। कारण थियो, शहीद स्मारक ‘ए’ डिभिजन लिगको फाइनल। दर्शकको उल्लेख्य उपस्थितिले त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लबबीच खेल निकै रोमाञ्चक बन्यो। समर्थकको हुटिङले रंगशाला गुञ्जायमान भयो पनि। खेलमा मछिन्द्र केही हावी थियो। खेलको ३३ औँ मिनेटमा मछिन्द्रका रञ्जित धिमालले

अन्तिम सिट्ठी बजेपछि तातेको दशरथ रंगशाला...

काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आजको दोस्रो खेल साबिक विजेता मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीच थियो। खेलमा दुवै टिमको दमदार प्रस्तुति देखियो। एक अर्काविरुद्ध जित निकाल्ने दाउमा दुवै टिमले निकै आक्रमक खेल प्रस्तुत गरेका थिए। फुटबलमा आक्रमक खेललाई नै रोमाञ्चक मान्छन् दर्शकहरु। ९० मिनेट र