आइतबार काठमाडौंको तापक्रम बढ्यो, देशका केही ठाउँमा हल्का पानी पर्ने, हिमाली क्षेत्रमा हिमपात

काठमाडौं उपत्यकामा आइतबार बिहानको तापक्रम ३ डिग्री सेल्सियस पुगेको छ। शनिबार न्यूनतम तापक्रम १ दमलव ३ डिग्रीमा झरेको काठमाडौंमा आइतबार बिहानको तापक्रम झण्डै २ डिग्रीले बढेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।