काठमाडौं : काठमाडौं महानगरपालिकाले माइतीघर क्षेत्रमा रहेका अव्यवस्थित घरटहरामा डोजर चलाएको छ। महानगरपालिकाले माइतीघरदेखि थापाथलीतर्फ जाने मोडमा सडक अतिक्रमण गरी बनाइएका घरटहरा भत्काएको हो।
सो मोडमा चिया खाजा पसल, फलफुल पसल लगायत थिए। काठमाडौंको मेयरमा निर्वाचित भएदेखि नै बालेन शाहले पालिकाभित्रका सडक अतिक्रमण गरी बनाइएका घरटहराहरु भत्काउन सुरु गरेका हुन्।