नेकपा (एकीकृत समाजवादी) पार्टीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गरेकै दिन उम्मेदवारहरूले सम्पत्ति विवरण सार्वजनिक गर्ने बताएको छ । मंगलबार सार्वजनिक गरिएको घोषणापत्रमा समाजवादीले स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त बनाउने उल्लेख गर्दै घोषणापत्रमा जनताले सुशासनको पहिलो अनुभूति स्थानीय सरकारकै माध्यमबाट पाउने बताएको हो