एमाले कार्यदलको बैठक आज पनि बस्दै

नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठक मंगलबार पनि बस्दैछ । दिउँसो १ बजेपछि बस्ने बैठकमा विवाद समाधानका लागि दुबै पक्षबीच गम्भीर छलफल हुने नेताले बताएका छन् । माधव नेपाल पक्षीय कार्यदलका संयोजक भीम रावलले आजदेखि पार्टी मिलाउन घनीभूत ढङ्गले लागिपर्ने प्रतिक्रिया दिए । सोमबारको बैठकमा  अहिलेसम्म भएका अनौपचारिक छलफलबारे  पुनरावलोकन भएको थियो  । साथै,कार्यदलका सदस्यहरूबीच विवाद समाधानका लागि नयाँ शिराबाट अघि बढ्ने सहमति पनि भएको थियो । योसँग

सम्बन्धित सामग्री

एमाले कार्यदल बैठक अहिलेसम्म बस्न सकेन, आन्तरिक छलफलमा जुटे दुवै पक्ष

काठमाडौँ । नेकपा एमाले कार्यदलको बैठक आज दिउँसो बस्ने भनिएको भए पनि अहिलेसम्म बस्न सकेको छैन ।

एमाले कार्यदल बैठक आज पनि बस्दै, समय सर्यो

काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दैछ ।  बैठक भने मंगलबार निर्धारण गरिएको समयभन्दा केही सरेको छ । बुधबार विहान ८ बजेका लागि तयको बैठक विहान १० बजेलाई सरेको अध्यक्ष केपी शर्मा ओली पक्षीय कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले रातोपाटीलाई जानकारी दिए ।पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल सम्मिलित १० सदस्य कार्यदलको बैठक सोमबारबाट सिंहदरबारस्थित अर्थमन्त्रालयमा बस्दै आएको छ । नेताहरुका अनुसार सोमबार र मंगलबारको छलफल सकारात्मक भएपनि पनि ठोस सहमति भने हुन सकेको छैन ।.gr