प्रदेश १ मा ३५ अर्बको तयारीप्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि कोरोना केन्द्रित गरेर करिब ३५ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकार गठन भएपछि एउटा पूरक र तीन वटा पूर्ण बजेट ल्याएर कार्यान्वयन गरिसकेको छ । तर त्यसको प्रतिफल हालसम्म प्रदेशवासीले अनुभूत गर्न सकेका छैनन् ।