पोर्चुगलको समस्या लिएर पेरिसस्थित दूतावास पुगे नेपाली

काठमाडौं : पोर्चुगलस्थित गैरआवासीय नेपालीले आफूहरूले भोगिरहेका समस्या चाँडो समाधान गर्न फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासमा ज्ञापनपत्र बुझाएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका अध्यक्ष सोमफुरी शेर्पा नेतृत्वको टोलीले हालै राजदूत दीपक अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो। पोर्चुगलमा नेपाली दूतावास नरहेका कारण राहदानीलगायत विविध समस्या भोग्नुपरेको भन्दै टोलीले समाधानका लागि अधिकारीलाई आग्रह गरेको छ। ‘नेपाली दूतावास फ्रान्सको कार्यक्षेत्रभित्र पर्ने पोर्चुगलमा ई–पासपोर्ट लागू भएको सूचना प्र...