लुम्बिनी प्रदेशसभाको बुधबारको छैटौं बैठकमा प्रदेशसभा सदस्यले विशेष समय माग गर्दै सार्वजनिक सरोकारका विषय उठाएका छन् । बैठकमा बोल्ने सदस्यहरूले कृषिमा मल बीउको व्यवस्था, स्वास्थ्यमा नागरिकको सहज पहुँच, चुलिँदो आर्थिक संकट र बैंकको चर्को ब्याज, लघुवित्तका कारण समाजमा सिर्जित समस्यालगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । विशेष समयमा विभिन्न दलका १३ प्रदेशसभा सदस्यले बोलेका थिए ।