काठमाडौँ । अभिनेत्री अनु शाहलाई मनपर्ने चाडमध्ये तीज पनि एक हो । “यो चाड विशेषत महिला दिदीबहिनीका लागि भएर पनि होला मलाई एकदमै मन पर्छ । मलाई तीज भन्नेबित्तिकै राति उठेर खाने दर र रातो पहिरनको निकै याद आउँछ”, उनी भन्छिन् । अभिनेत्री शाहले प्राय परिवारसँगै घरमै बसेर अघिल्लो दिन दर खाने, भोलिपल्ट स्नान गरी व्रत बस्ने र नाचगान गरेर तीज बनाउँदै आएकी छन् ।