हरेक परिवारको आफ्नै मर्यादा र संस्कार हुन्छ । यसैले समग्र परिवारलाई एकढिक्का बनाइराख्छ । परिवारका सदस्यलाई सही मार्गदर्शन गर्ने, स्वस्थ, सन्तुलित, सुखी राख्नमा पारिवारिक संस्कारले खास भूमिका खेल्छ । पारिवारिक संस्कार भनेको त्यस्तो व्यवहार र आचरणको कुरा हो, जसले सभ्य जीवन बाँच्न प्रेरित गर्छ । जस्तो कि आफुभन्दा ठुलालाई श्रद्धा गर्ने, सानालाई माया गर्ने । […]