बालोन डी ओरको मनोनयन सार्वजनिक : ३० जना खेलाडीको सूचीमा रोनाल्डो परेनन्

काठमाण्डाै - बालोन डी ओर सन् २०२३ को अवार्डका लागि ३० जना खेलाडीको सूची सार्वजनिक भएको छ । फ्रान्स फुटबल म्यागाजिनले सार्वजनिक गरेको यो सूचीमा स्टार खेलाडी समावेश हुँदा क्रिस्टियानो रोनाल्डो भने परेनन् । विश्वकप विजेता लिओनल मेस्सीलाई मुख्य दाबेदारको रुपमा हेरिएको छ तर रोनाल्डो भने प्रारम्भिक मनोनयनमा पर्न असफल भए । सन् २००३ पछि पहिलो पटक रोनाल्डो प्रारम्भिक सूचीमा नपरेका हुन् । रोनाल्डोले ५ पटक यो अवार्ड जितेका छन् । मेस्सीले ७ पटक जितेका छन् । प्रारम्भिक सूचीमा म्यानचेस्टर सिटीका ७ खेलाडी अटाएका छन् । आउँदो अक्ट...