बागलुङमा ११ वर्षपछि सुरु भएको चार पाङ्ग्रेको ‘ट्रायल’ मा २४ प्रतिशत उत्तीर्ण

पर्वत : साबिकको धवलागिरि अञ्चल अन्तर्गतका चार जिल्लाहरू पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका नागरिकले पोखरामा गएर चार पाङ्ग्रे सवारीको चालक अनुमति पत्र निकाल्नुपर्ने बाध्यताको अन्त्य भएको छ।चार पाङ्ग्रे सवारीको ‘ट्रायल’ का लागि आवश्यक पर्ने भौतिक संरचना मापदण्ड अनुसार व्यवस्थापन हुन नसकेपछि २०६९ सालदेखि बागलुङमा चार पाङ्ग्रे सवारीको ‘ट्रायल’ हुन सकेको थिएन। दुई पाङ्ग्रे र चार पाङ्ग्रे दुवै किसिमका चालक अनुमति पत्र बागलुङबाट जारी हुने गरेकोमा चार पाङ्ग्रे सवारीको अनुमति पत्